10-13 हप्ता बीचको गर्भलाई पनि सुरक्षित र प्रभावकारी ढंग बाट औषधीय गर्भापाती चक्कीको प्रयोग द्वारा हटाउन सकिन्छ, तर केहि विशेष विचारहरुमा ध्यान पुर्याउन जरुरि छ।
गर्भपतन जब गर्भवास्थामा चाँडै हुन्छ तब त्यहाँ जटिलताको जोखिम कम हुन्छ। जटिलता त्यति बढ्छ जति गर्भ निरन्तर बढ्दै जान्छ। तल दिईएको चार्टले गर्भधारणको अवधिले कतिको जटीलता बढाउँछ भनि देखाउँछ। हुन त जोखिम गर्भधारणको अन्तिम चरण तिर उच्च हुन्छ, 13 हप्तामा गर्भपतनलाई पनि सुरक्षित मानिन्छ।
औषधीय गर्भपतनले महिलाहरुलाई रक्ताश्राव गराउँछ। यो रक्ताश्राव तपाईंको सामान्य महिनावारीको भन्दा ठुलो हुन सक्छ र रगतको चोक्टा समावेश हुनसक्छ। 10-13 हप्ताको गर्भवती महिलाहरुलाई चिन्न सकिने त्यस्ता केहि कुराहरु देख्न सक्नुहुन्छ, वा तन्तुहरु जस्तो देखिन सक्छ। यो सामान्य हो र तपाईं आत्तिनु पर्दैन। यो अपेक्षा गरे अनुसार गर्भपतन भईरहेको छ भन्न प्रक्रियाको संकेत हो। उच्च महिनावारी अवस्थामा, तपाईंले रगतको ठुलो चोक्टाहरु वा तन्तुहरुलाई सुरक्षित साथ् ट्वाइलेटमा फ्याँक्न सक्नुहुनेछ। तपाईं यदि त्यस्तो देशमा बस्नुहुन्छ जहाँ गर्भपतन गैह्र कानूनी मानिन्छ भने तपाईंले हरेक जुन चिन्न सकिने कुराहरु छ तिनीहरुलाई सावधानी पुर्वक र गोप्य तरिकाले फ्याँक्नु पर्छ।
यस वेबसाइटलाई ठीक प्रकारले कार्य गर्न बेनामी कूकीज र विभिन्न तेस्रो पार्टी सेवाहरू आवश्यक पर्दछ। तपाईं हाम्रा नियम एवं सर्तहरू र गोपनीयता नीतिहरू पढ्न सक्नुहुन्छ। यो साइट प्रयोग गर्न जारी राखेर तपाईं हामीलाई यसो गर्न आफ्नो सहमति दिनुहुन्छ।