तपाईले गोली लिई गर्भपात गर्नुअघि पूर्ण रूपमा जानकार र तयार भएको महसुस गर्नुहुन्छ भन्ने निश्चित गर्नुहोस्।
तपाईँले गर्भ धारण गरेको कति भयो? अनुसन्धानबाट प्राय पछिल्लो पटक महिनावारी भएको १० हप्ता भन्दा अघिको गर्भको लागि औषधीय गर्भपतनको सल्लाह दिइने गरेको सङ्केत पाइएको छ। पछिल्लो पटक महिनावारी भएको कति समय भयो भन्ने निश्चित गर्न गर्भ गणक प्रयोग गर्नुहोस्।
तपाईंको महिनावारी यस मिति वा योभन्दा पछि सुरु भएको हो भने:
तपाईंले अझै पनि गर्भपतन गोली प्रयोग गर्न सक्नुहुन्छ
तपाईँले पाठेघर भित्र कपर टी (क्वाइल आइयुडी) वा प्रोजेस्टेरोन आइयुडी जस्ता गर्भनिरोधक साधन राख्नुभएको छ भने त्यसलाई हटाउनु पर्छ।
तपाईँलाई एचआइभी सङ्क्रमण छ भने रोग अझ नबढेको, रेट्रोभाइरल प्रतिरोधी उपचारमा रहेको र अन्य स्वास्थ्य समस्या नरहेको निश्चित गर्नुहोस्।
यदि तपाईं आफ्नो गर्भपातलाई सकेसम्म निजी राख्नबारे सोच्दै हुनुहुन्छ भने गर्भपातको गोली योनीमा राख्नुको सट्टा जिब्रामुनि राख्नुहोस् यो चक्की प्रयोग गरिरहेको बेला नसोचेको कुनै गम्भीर समस्या आइ पर्योि र चिकित्सकीय सहयोग चाहियो भने योनीमा राखेको चक्की देखिन सक्छ। कतिपय मुलुकमा योनीमा यस्तो चक्की भेटिएमा तपाईँ विरुद्ध उजुर उजुर गरिन सक्छ।
तपाईँको दुधे बच्चा छ भने मिसोप्रोस्टोल चक्कीले पखाला चलाउन सक्छ। यसबाट जोगिन बच्चालाई दुध चुसाउनु होस्, मिसोप्रोस्टोल चक्की लिनुहोस् र ४ घण्टा पछि मात्र अर्को पटक दुध चुसाउनुहोस्।
तपाईँलाई रक्तअल्पता (रगतमा फलामको मात्रा कम हुने) छ भने आवश्यक परेको बेला आधा घण्टाभित्र सहयोग गर्न सक्ने स्वास्थ्य सेवा प्रदायकलाई चिनि राख्नु होस्। तपाईँलाई ज्यादै रक्तअल्पता छ भने गर्भपाती चक्की प्रयोग गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस्।
हल्का खानेकुरा खानुहोस् (क्रेकर वा टोस्टले वाकवाकी कम गर्न सक्छ)।
चिया वा खानेकुरा ल्याइ दिने र आवश्यक परे हेरचाह गर्न सक्ने व्यक्ति साथमा राख्दा तपाईँलाई सहयोग पुग्छ।
यो प्रक्रिया पूरा होउन्जेल धेरै पानी पिउनुहोस्।
उमठेको पीडा कम गर्न मिसोप्रोस्टोल प्रयोग गर्नु अघि आइब्युप्रोफन लिन ध्यान दिनुहोस्।
मिसोप्रोस्टोल चक्की प्रयोग गर्दा आफ्नो घर वा यस्तै कुनै ठाउँमा बस्नुहोस् जुन ठाउँ गोप्य होस् र चाहेमा चक्की प्रयोग गरे पछि केही घण्टा पल्टन सकियोस्।
गर्भपाती चक्की प्रयोग गर्नु अघि नै आकस्मिक चिकित्सकीय सहयोगको लागि सुरक्षा योजना बनाउनुहोस्।
अमेरिकी प्रसूति तथा स्त्रीरोग कङ्ग्रेस (American Congress of Obstetricians and Gynecologists) का अनुसार पहिलो तिन महिनासम्मको औषधीय गर्भपतन सबै भन्दा सुरक्षित विधि मध्ये एक हो। यसो भए तापनि सम्भावित औषधीजन्य सङ्कटको लागि सधैँ तयार रहनु पर्छ। तपाईँलाई आवश्यक पर्न सक्ने सुरक्षा योजना बनाउन सहयोग गर्ने तलका प्रश्नमा ध्यान दिनुहोस्।
तपाईँ त्यहाँ १ घण्टा भित्र पुग्न सक्नु पर्छ। (तपाईँलाई रक्तअल्पता छ भने तपाईँ त्यहाँ आधा घण्टा भित्र पुग्न सक्नु पर्छ।)
तपाईँसँग कोही छ जसले तपाईँलाई मोटरमा लैजान सक्छ? तपाईँले ट्याक्सी लिनुहुन्छ? सार्वजनिक सवारीमा जानुहुन्छ? कति भाडा लाग्छ अनि चौबिसै घण्टा उपलब्ध हुन्छ? सम्झनुहोस्- औषधीजन्य सङ्कटको अवस्थामा आफैले गाडी चलाएर अस्पताल जानु सुरक्षित हुँदैन।
यस वेबसाइटलाई ठीक प्रकारले कार्य गर्न बेनामी कूकीज र विभिन्न तेस्रो पार्टी सेवाहरू आवश्यक पर्दछ। तपाईं हाम्रा नियम एवं सर्तहरू र गोपनीयता नीतिहरू पढ्न सक्नुहुन्छ। यो साइट प्रयोग गर्न जारी राखेर तपाईं हामीलाई यसो गर्न आफ्नो सहमति दिनुहुन्छ।