गर्भपातका लागि दुई प्रकारका औषधिहरू प्रयोग गरिन्छ: मिफेप्रिस्टोन (mifepristone) र मिसोप्रोस्टोल (misoprostol)। यी दुवै औषधीहरू एकैसाथ लिएमा गर्भपात राम्रो तरिकाले हुन्छ। यद्यपि, मिफेप्रिस्टोन उपलब्ध नभएमा मिसोप्रोस्टोलले पनि गर्भावस्थाको अन्त्य गर्ने कार्य गर्दछ र यो सुरक्षित नै हुन्छ।
तपाईं सुरक्षित गर्भपातका लागि मिफेप्रिस्टोन र मिसोप्रोस्टोल मिलाएर वा मिसोप्रोस्टोलले मात्रै प्रयोग गर्नेबारे निर्देशनहरूको बारेमा जान्न चाहानुहुन्छ भने छनौट गर्नुहोस्।
सुरु गर्नुअघि हाम्रा सल्लाह यी गोलीहरूको प्रयोग गर्नुअघि पढ्नुहोस्। सुनिश्चित गर्नुहोस्:
मिफेप्रिस्टोन र मिसोप्रोस्टोलले गर्भपात गर्नका लागि तपाईंले मिफेप्रिस्टोनको 200 मिलीग्राम गोली र मिसोप्रोस्टोलको चारदेखि आठ 200 मिलीग्राम गोली लिनु पर्छ। तपाईंले आफुसँग आईबुप्रोफेन जस्तो पेन किलर राख्नुपर्छ जसले तपाईंको दर्द कम गर्छ। एसिटामिनोफेन र प्यारासिटामोलले गर्भपातको समय दुखाइका लागि काम गर्दैन, त्यसैले यिनीहरूको सिफारिस गरिंदैन।
मिफेप्रिस्टोन र मिसोप्रोस्टोलले मिलेर यसरी गर्भावस्था समाप्त गर्छन् भने:
मिफेप्रिस्टोनको एक 200 मिलीग्राम गोली पानीसँग निल्नुहोस्।
24-48 घण्टा पर्खिनुहोस्।
4 मिसोप्रोस्टोल गोलीहरू (प्रत्येक 200 एमसीजी) आफ्नो जिब्रामुनि राख्नुहोस् र तिनीहरूलाई त्यहीं 30 मिनेटसम्म बिल्न दिनुहोस्। तपाईंले यो 30 मिनेट बोल्नु वा खानु हुँदैन, त्यसैले कसैले डिस्टर्ब नगर्ने शान्त ठाउँमा गएर बस्नु उचित हुन्छ। 30 मिनेटपछि, थोरै पानी पिउनुहोस् र गोली पग्लिसकेन भने त्यसलाई निल्नुहोस्। आइबुप्रोफेन जस्ता पेनकिलर लिनका लागि यो राम्रो समय पनि हो, किनकि दुखाइ चाँडै सुरु हुन्छ।
तपाईंलाई 4 वटा मिसोप्रोस्टोल गोली चुसेर खाएको 3 घण्टाभित्र ब्लिडिङ र दुखाइ सुरु हुनुपर्छ।
4 वटा मिसोप्रोस्टोल गोली लिएको 24 घन्टापछि तपाईंलाई ब्लिडिङ भएन वा तपाईंलाई गर्भपात भयो भन्ने निश्चित भएन भने, मिसोप्रोस्टोलका 4 वटा थप गोलीहरू आफ्नो जिब्रामुनि राख्नुहोस्। गोलीहरूलाई नपग्लिउन्जेल 30 मिनेटसम्म त्यही राख्नुहोस्। 30 मिनेटपछि, थोरै पानी पिउनुहोस् र गोली पग्लिसकेन भने त्यसलाई निल्नुहोस्।
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल लिएपछि के अपेक्षा गर्नुपर्ने हो यहाँ सिक्नुहोस्।
तपाईंले नराम्रो दुखाइ अनुभव गर्नुभएमा आइबुप्रोफेन खाएर दुखाइ कम गर्नुहोस्। तपाईं 200 मिलीग्रामको आइबुप्रोफेन धेरैजसो देशमा कुनै पनि फार्मेसीबाट (प्रिस्क्रिप्सन बिना) खरीद गर्न सक्नुहुनेछ। प्रत्येक 6-8 घण्टामा 3-4 गोली (200 मिलीग्रामका) लिनुहोस्। तपाईंलाई दुखाइमा राहतका लागि केही थप आवश्यक परेमा टाइलेनोल (Tylenol - 325 मिलीग्राम) का 2 गोली पनि हरेक 6-8 घण्टामा प्रयोग गर्न सक्नुहुन्छ।
तपाईं गर्भपात प्रक्रियाबारे चिन्तित हुनुहुन्छ र अतिरिक्त समर्थन चाहनुहुन्छ भने, तपाईं हाम्रा साथीहरूलाई www.safe2choose.org, www.womenhelp.org वा www.womenonweb.org मा सम्पर्क गर्न सक्नुहुनेछ।
तपाईंले गर्भपात गोली मिफेप्रिस्टोन र मिसोप्रोस्टोल प्रयोग गर्नुभयो भने, तपाईंले त्यसपछिको कुनै उपदेशका लागि स्वास्थ्य सेवा प्रदायकसँग भेट गरिरहनु नपर्न सक्छ। यी औषधीहरू यति प्रभावकारी छन् कि विश्व स्वास्थ्य संगठनले तपाईंसँग निम्न भएमा मात्र सल्लाह लिन आवश्यक पर्छ भन्ने सिफारिश गर्दछ:
सुरु गर्नुअघि हाम्रा सल्लाह यी गोलीहरूको प्रयोग गर्नुअघि पढ्नुहोस्। सुनिश्चित गर्नुहोस्:
मिफेप्रिस्टोन तपाईंलाई उपलब्ध हुन सक्दैन भने तपाईंले गर्भावस्था समाप्त गर्न मिसोप्रोस्टोलको मात्रै पनि उपयोग गर्न सक्नुहुन्छ।
मिसोप्रोस्टोलले गर्भपात गर्नका लागि तपाईंले मिसोप्रोस्टोलका बाह्रवटा 200 एमसीजी गोली लिनुपर्छ। तपाईंले दुखाइ कम गर्न कुनै पेनकिलर राख्न चाहेमा आइबुप्रोफेन जस्ता पेनकिलरबाट मद्दत लिन सक्नुहुन्छ। एसिटामिनोफेन र प्यारासिटामोलले गर्भपातको समयमा दुखाइ कम गर्न काम गर्दैनन्, त्यसैले यिनलाई सिफारिस गरिंदैन।
मिसोप्रोस्टोललाई मात्रै कसरी गर्भावस्था समाप्त गर्न प्रयोग गरिन्छ भन्ने जानकारी यहाँ दिइएको छ:
4 मिसोप्रोस्टोल गोलीहरू (प्रत्येक 200 एमसीजी) आफ्नो जिब्रामुनि राख्नुहोस् र तिनीहरूलाई त्यहीं 30 मिनेटसम्म बिल्न दिनुहोस्। तपाईंले यो 30 मिनेट बोल्नु वा खानु हुँदैन, त्यसैले कसैले डिस्टर्ब नगर्ने शान्त ठाउँमा गएर बस्नु उचित हुन्छ। 30 मिनेटपछि, थोरै पानी पिउनुहोस् र गोली पग्लिसकेन भने त्यसलाई निल्नुहोस्। आइबुप्रोफेन जस्ता पेनकिलर लिनका लागि यो राम्रो समय पनि हो, किनकि दुखाइ चाँडै सुरु हुन्छ।
3 घण्टा पर्खिनुहोस्
अर्का 4 वटा मिसोप्रोस्टोल गोलीहरू (200mcg) तपाईंको जिब्रोमुनि राख्नुहोस् र तिनलाई नबिलुन्जेल 30 मिनेटसम्म राख्नुहोस्।
अर्को 3 घण्टा पर्खिनुहोस्।
अर्का 4 मिसोप्रोस्टोल गोलीहरू (200mcg) तपाईंको जिब्रोमुनि राख्नुहोस् र तिनलाई नबिलुञ्जेल 30 मिनेटसम्म त्यहीं रहन दिनुहोस्।
तपाईंले गोली लिंदा ब्लिडिङ र दुखाइ सुरु हुनुपर्छ। तपाईंले सबै गोली खाइसक्नुअघि ब्लिडिङ हुन थाल्यो भने पनि सबै 12 वटा गोली लिन सुनिश्चित गर्नुहोस्।
मिसोप्रोस्टोल लिएपछि के हुन सक्छ भन्ने कुरा यहाँ सिक्नुहोस्।
तपाईंले नराम्रो दुखाइ अनुभव गर्नुभएमा आइबुप्रोफेन खाएर दुखाइ कम गर्नुहोस्। तपाईं 200 मिलीग्रामको आइबुप्रोफेन धेरैजसो देशमा कुनै पनि फार्मेसीबाट (प्रिस्क्रिप्सन बिना) खरीद गर्न सक्नुहुनेछ। प्रत्येक 6-8 घण्टामा 3-4 गोली (200 मिलीग्रामका) लिनुहोस्। तपाईंलाई दुखाइमा राहतका लागि केही थप आवश्यक परेमा टाइलेनोल (Tylenol - 325 मिलीग्राम) का 2 गोली पनि हरेक 6-8 घण्टामा प्रयोग गर्न सक्नुहुन्छ।
तपाईं गर्भपात प्रक्रियाबारे चिन्तित हुनुहुन्छ र अतिरिक्त समर्थन चाहनुहुन्छ भने, तपाईं हाम्रा साथीहरूलाई www.safe2choose.org, www.womenhelp.org वा www.womenonweb.org मा सम्पर्क गर्न सक्नुहुनेछ।
तपाईंले मिसोप्रोस्टोल प्रयोग गर्नुभयो भने, तपाईंले उपदेशका लागि कुनै स्वास्थ्य सेवा प्रदायकसँग भेट गर्नु नपर्न सक्छ। यी औषधीहरू यति प्रभावकारी छन् कि विश्व स्वास्थ्य संगठनले तपाईंसँग निम्न भएमा मात्र सल्लाह लिन आवश्यक पर्छ भन्ने सिफारिश गर्दछ:
यस वेबसाइटलाई ठीक प्रकारले कार्य गर्न बेनामी कूकीज र विभिन्न तेस्रो पार्टी सेवाहरू आवश्यक पर्दछ। तपाईं हाम्रा नियम एवं सर्तहरू र गोपनीयता नीतिहरू पढ्न सक्नुहुन्छ। यो साइट प्रयोग गर्न जारी राखेर तपाईं हामीलाई यसो गर्न आफ्नो सहमति दिनुहुन्छ।